लामिछानेविरुद्धको थुनछेक बहस जारी
काठमाडाैं | पुस २९, २०८१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आजदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि निजलाई हिरासतमा पाठइएको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बरबहादुर चन्दले रासससँग भन्नुभयो, “आगामी माघ २ गतेदेखि सुनुवाइ हुनेछ, उहाँलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाइएको छ ।”
काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबा...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

